१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

विपद् प्रतिकार्यका लागी विश्वबैंकले २० अर्व दिने 



  • आफ्नै खबर
  • १३ कात्तिक २०८१ मंगलबार (१ महिना अघि)
  • पाठक संख्या ६०
  • वासिङ्टन/  विश्व बैंकले नेपाललाई प्राकृतिक वा जलवायुजन्य र स्वास्थ्य जोखिमसंग लड्न १५ करोड अमेरिकि डलर अर्थात करिव २० अर्व रुपैयाँ दिने भएको छ । आकस्मिक वित्तपोषणका लागि प्राप्त हुने सम्झौतामा हस्ताक्षर भएको हो । 

    सम्झौतामा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैंक दक्षिण एसियाका उपाध्यक्ष मार्टिन रेसरको उपस्थितिमा अर्थ मन्त्रालयका सचिव रामप्रसाद घिमिरे र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंक क्षेत्रीय निर्देशक डेभिड सिस्लेनले समझदारीपत्रमा हस्ताक्षर गरेको जनाइएको छ । 

    नेपाल डिजास्टर रेजिलेन्स डेभलपमेन्ट पॉलिसी क्रेडिट विथ क्यास्टास्ट्रोफ डिफर्ड ड्रड्डाउन अप्सन (क्याट डीडीओ) सञ्चालनले विपद् प्रतिरोधात्मक क्षमता बढाउन र प्रभावकारी विपद् प्रतिकार्यका लागि संस्थागत संयन्त्रहरूलाई सुदृढ गर्न नीति र नियामक सुधारहरूलाई सहयोग गर्ने विश्व बैंकको क्षेत्रिय कार्यालयले जनाएको  छ । 

    यसले सरकारलाई प्रारम्भिक चेतावनी सञ्चार सुधार गर्न र जोखिम न्यूनीकरणका लागि आवश्यक नीतिहरू, संस्थाहरू र नियामक ढाँचाहरू निर्माण गर्न र महत्त्वपूर्ण पूर्वाधारहरूमा जोखिम–सूचनायुक्त लगानी, साथै सार्वजनिक स्वास्थ्य आपतकालिनहरूको लागि तयारी बढाउन मद्दत गर्ने जनाइएको छ । 

    हस्ताक्षर पछि सचिव घिमिरेले भन्नुभयो, ‘क्याट डीडीओ नेपालका लागि महत्त्वपूर्ण छ किनकि यसले आकस्मिक वित्तपोषण प्रदान गरेर जलवायु सम्बन्धी साथै अन्य प्राकृतिक प्रकोप र स्वास्थ्य सम्बन्धी संकटहरूलाई सम्बोधन गर्न मद्दत गर्दछ ।’

    यसले विशेष गरी वित्तीय दबाबको समयमा महत्वपूर्ण हुने तत्काल र लचिलो तरलता उपलब्ध गराई मुलुकको संकट तयारी, रोकथाम र प्रतिकार्यलाई अभिवृद्धि गर्ने उहाँको भनाइ थियो । 

    क्याट डिडिओमार्फत आकस्मिक वित्तपोषणले सरकारको राष्ट्रिय विपद् व्यवस्थापन कोष र प्रधानमन्त्रीे विपद् राहत कोषजस्ता संयन्त्रलाई सघाउने जनाइएको छ । 

    ‘क्याट डीडीओ एक अभिनव प्रकोप जोखिम वित्तपोषण उपकरण हो, जसले सरकारलाई यसको चलिरहेको विकास कार्यक्रमहरूबाट रकम नकटाइकनै आपतकालीन आवश्यकताहरूमा छिटो प्रतिक्रिया दिन मद्दत गर्न सक्छ’, माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंक क्षेत्रीय निर्देशक डेभिड सिस्लेनले भन्नुभयो, ‘रकम उपलब्ध गराउनुबाहेक, यो उपकरण तल्लो तहसम्म नतिजा सुनिश्चित गर्न र विपद् जोखिम न्यूनीकरण, तयारी, प्रतिक्रिया र पुनःप्राप्तिमा सरकारको क्षमतालाई थप सुदृढ पार्न डिजाइन गरिएको हो ।’

    ग्लोबल फेसिलिटी फर डिजास्टर रिस्क रिडक्सन एण्ड रिकभरी (जिएफडिडिआर)र भूकम्प आवास पुनर्निर्माण बहु–दाता ट्रस्ट कोषको  प्राविधिक रहयोग रहेको यो काममा क्यानाडा सरकार, अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी एजेन्सी (युएसएआइडी), कमनवेल्थ एण्ड डेभलपमेण्ट अफिस (एफसिडिओ) र विकास र सहयोगका लागि स्विस एजेन्सी (एसडिसी) ले सहयोग गरेको जनाइएको छ । 

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?