२०४६ सालको आन्दोलनपछि राजनीतितर्फ आकर्षित भएका दिपक रिसाल २०७२ सालपछि पाँच वर्षसम्म गोकर्णेश्वर नगरपालिकाका मेयरको प्रमुख सल्लाहकार भए । त्यसपछिको चुनावमा उनी आफै मेयरमा विजयी भएका छन् । ५ वर्षसम्म नगरपालिकामै बसेर नजिकवाट नियालेका रिसालले आफ्नो कार्यकालको करिव २ वर्ष बिताइसके । आफ्नो कार्यकालमा सोचेका, गरेका, गर्न बाँकी रहेका काम र योजनामा आधारित रहेर आफ्नै खबरले गरेको कुराकानी :
गोकर्णेश्वर नगरपालिकालाई कसरी चिन्ने ?
समग्रमा भन्नु पर्दा यो नगरपालिका धेरै क्षेत्रमा अघि बढेको छ । मुख्य कुरा सबै क्षेत्रमा चिनिनु पर्छ । भौतिक पूर्वाधार सबैभन्दा अगाडि आउँछ । जस्तै, एक घर एक धारा भन्ने अवधारणामा हामी अघि बढिरहेका छौं । यहाँ पानीका दुईवटा स्रोत छन् । सबै ठाउँमा सडक पुग्नुपर्यो ।
त्यसपछि स्वास्थ्यको कुरा आउँछ । यो स्तरीय र सहज हुनुपर्यो । त्यस्तै, शिक्षा क्षेत्रमा पनि हेर्नुपर्यो । यहाँ अहिले १ सय ५० वटा विद्यालय छन् । सामुदायिक विद्यालयमा पनि विद्यार्थी बढेका छन् । संस्थागत विद्यालयहरुमा पनि नगरपालिकाका मात्र नभई बाहिरबाट आउने विद्यार्थीसमेत बढेका छन् । साहत्यिक क्षेत्रमा पनि चिनिनुपर्यो । हामी सबै क्षेत्रबाट नगरलाई चिनाउने प्रयासमा छौं ।
तपाई यहीँ जन्मे हुर्केको मान्छे । जान्ने भएपछिको अहिले नगर प्रमुख भएपछि देखेको यो क्षेत्रलाई कसरी हेर्नुहुन्छ ?
मेरो हजुरबुबादेखि यहीँ क्षेत्रमा बसेका हौं । त्यसैले यो पालिकाको बारेमा थाहा पाउन मलाई खासै समस्या छ भन्ने लाग्दैन । समय क्रमसँगै जनघनत्व बढेको, गाउँबाट सहर भएको अवस्थाले पछिल्लो समय केही अप्ठेरो बढेको पक्कै हो । नत्र पहिले सबैजसोको घर नै थाहा हुन्थ्यो । सबै मान्छे चिनिन्थ्यो । तर, यो ठाउँ आफ्नै घर आँगनको रुपमा हेरेको छु ।
अहिले धेरै फरक भएको छ । पहिले पानी लिन ढुंगेधारामा जानुपर्थ्यो । कपडा धुन बागमतीमा जानुपर्थ्यो । पल्लो घरबाट मकलमा आगो मागेर ल्याउने चलन थियो । दाउरा खोज्न शिवपुरीसम्म जानुपर्थ्यो ।
एक दुई वटा पसलको भरमा सबै आश्यकता पूरा गर्नुपर्थ्यो । त्यसबेला बिहान बेलुका खानाको अभाव नभए पनि अन्य आवश्यकता पूरा नहुने अवस्था थियो । त्यो बेलाको दुःखमा सबै भन्दा बढी पिल्सने महिलाहरु थिए भन्ने लाग्छ । म हाम्रै आमालाई हेर्छु । उहाँले धरै दुःख खेप्नु भयो । अहिले धेरै परिवर्तन भयो । केही ढिलो भए पनि परिवर्तन भएको छ ।
तपाईंको पिताजी पनि राजनीतिमा हुनुहुन्थ्यो । यसको फाइदा तपाईले लिनु भयो कि भएन ?
मेरो पिताजी नेपाली सेनामा हुनुहुन्थ्यो । पछि सेनाको नोकरी छोडेर सामान्य प्रशासनमा प्रवेश गर्नुभयो । सेनाको नोकरी अवधि पनि जोडिएकाले उहाँको पेन्सन भइसकेको थियो । एकजनाले तपाई जस्तो स्पष्ट मान्छेले राजनीति गर्नुपर्छ भनेर सुझाव दिएछन् । उहाँ नोकरीबाट राजीनामा दिएर गाउँ फर्कनु भयो । अर्थात, नोकरी छोडेर यहाँ समाजसेवा गर्न थाल्नुभयो । त्यसपछि उहाँ चुनावमा उठेर राजनीतिमा प्रवेश गर्नुभयो ।
त्यस समयमा राजनीति दलगत नभइकन व्यक्तिगत हुन्थ्यो । मानिसले व्यक्तिलाई भोट हाल्थे । उहाँ चुनावमा २७ भोटले मात्र हार्नुभयो । त्यसपछि काठमाडौं भूतपूर्व सैनिक संगठनको सभापति पनि हुनुभयो । उहाँको सक्रियता र समाजसेवाले पनि मलाई राजनीतितर्फ आकर्षित गरेको हो भन्ने मलाई लाग्छ ।
राजनीतिक हिसाबले त्यो समय र अहिलेको समयमा कस्तो भिन्नता पाउनुहुन्छ ?
त्यसबेला आत्मसन्तुष्टि र केही सीमित विकासको काम मात्र हुन सक्थ्यो भन्ने लाग्छ । स्रोत थिएन । अहिले जस्तो विकेन्द्रीकरणको वातावरण थिएन । सानो विकासको काम गर्न पनि धेरै नै कठिन हुन्थ्यो । तर, अहिले त्यसो होइन । अहिले स्रोत छ । साधन छ । प्रविधि छ । त्यसैले आत्मवलका साथ अघि बढ्दा धेरै काम गर्न सकिन्छ भन्ने लाग्छ ।
गोकर्णेश्वर नगरपालिकाको समस्याचाहिँ केके देख्नुहुन्छ ?
यहाँको समस्या भनेको नगरवासीको ठूलो अपेक्षा हो । कुनै पनि काम तुरुन्त हुनुपर्छ । रातारात कायापलट नै हुनुपर्छ भन्ने सोच छ । यो समस्या र अपेक्षा यहाँको मात्र होइन भन्ने मलाई थाहा छ । तर त्यसका लागि स्रोत पहिलो प्राथमिकता हो । विकासका लागि स्रोत पहिलो शर्त हो । नगरपालिकाको आम्दानी पनि हुनुपर्यो । आम्दानीको स्रोत भनेको नगरावासीले नै वा नगरपालिका क्षेत्रमा कारोबार गर्नेले तिर्ने प्रत्यक्ष वा अप्रत्यक्ष कर वा शुल्क नै हो ।
आम्दानीको आधारमा जनताको आवश्यकता छानेर बजेट विनियोजन गर्ने हो । पहिले मैले २ अर्ब २२ करोड रुपैयाँको बजेट बनाएको थिएँ । तर, अहिले मन्दिका कारण घटाउनुपर्ने अवस्था आयो । संघीय र प्रादेशिक वजेट पनि घटेर आयो । नगरको जनघनत्व पनि बढी छ । त्यसैले पूर्वाधारमा वढी ध्यान दिनुपर्ने अवस्था आई नै हाल्छ । नगरप्रमुखको दायित्व पनि धेरै छ । काम गर्नका लागि ५ वर्ष पर्याप्त अवसर छ ।
नगरको समस्याचाहिँ के छ ?
समस्या तुरुन्त समाधान होस् भन्ने अपेक्षा । अपेक्षा आफैमा समस्या हैन । समस्या स्रोतको हो । सकेसम्म स्रोतपरिचालन गरेर समस्या समाधान गर्दै जाने हो । काम गर्न गोकर्णेश्वरमा सहज छ । यहाँका नागरिक लाई ‘कन्भिन्स’ गर्न सहज छ । केही कुरा नबुझेर, सामाजिक भावना नबुझेर यदाकदा पूर्वाधार निर्माणमा अवरोध गर्नेहरु पनि वास्तविकता बुझेपछि सहयोगी बनेर निस्केका छन् । यहाँ धेरै समुदाय, जात–जाति, विभिन्न वर्ग छन् । तर, सबैलाई समेटेर अघि बढ्न सकिन्छ ।
कार्यकालको २ वर्ष पूरा गरिरहँदा के के गर्न सकेँ, के अब गर्छु भन्ने जस्तो लाग्छ ?
म अघिल्लो नगरप्रमुखको सल्लाहकार हुँदा नै यो पालिकाको विकास निर्माण र यहाँका नागरिकको आवश्यकताका बारेमा समग्र रुपमा थाहा थियो । त्यही आधारमा मैले घोषणापत्रमा पनि राखेँ । त्यही अनुसार काम गर्नुपर्यो । त्यसैले महिला पहिलो प्राथमिकता खानेपानीलाई दिएँ । जस अनुसार सुन्दरीजल, नयाँपाटी, वालुवा क्षेत्रका माथिल्लो भेगमा बढी समस्या थियो । जहाँ मेलम्ची पनि जाँदैन, सुन्दरीजल पनि जाँदैन । त्यसैले त्यो भेगलाई छुट्टै ट्याँकी बनाएर पानी पुर्याउने सोच थियो । सुन्दरीजलका पानी पुग्ने तल्लो भेगलाई पानी पुग्थ्यो ।
काठमाडौंको अन्य स्थानमा यत्तिको सुन्दर जंगल र झरनाहरु छैनन् । त्योसँगै हालै निर्माण सम्पन्न भएको स्थान धाप ड्याम हो । बागमती सुन्दरताका लागि पानीको स्रोतका लागि वनाइएको धाप ड्याम अहिले प्रमुख पर्यटकीय क्षेत्र भएको छ । त्यहाँ ३ हजार ५ सय मानिस पुगेको तथ्याँक छ ।
अहिले माथिल्लो भेगबाट मेलम्चीको पानी आएको छ । तर यहाँ दिएको छैन । त्यसैका लागि म लड्दै छु । मेलम्चीको पानी यो पालिकामा बेच्न २ अर्व ५७ करोडको योजना छ । ट्याँकी बन्दै छ । ८ महिनामा त्यो तयार हुन्छ । सुन्दरीजल र मेलम्चीको पानी यहीँवाट जाने तर यहाँका बासिन्दाले पानी नपाउने अवस्था हुन म दिन्न । त्यसैले हामीले जसरी भएपनि २ वर्षभित्रमा सम्पूर्णलाई खाने पानी पु¥याउँछौं । सुन्दरीजलको पाइपमा १५ इन्च मेलम्चीको पानी हालेर सबैलाई पुर्याउने तयारीमा हामी लागेका छौं । माथिल्लो वेल्टका लागि फेरि अर्को टेण्डर खुलेको छ ।
स्वास्थ्य क्षेत्रमा देशकै अव्वल भयो भनेर केही अघि समाचार पनि आएका थिए ? नगरले स्वास्थ्य क्षेत्रमा केके गरेको छ ?
म जनप्रतिनिधिका रुपमा आएपछि नगर अस्पताललाई महत्त्वका साथ अघि बढाएँ । पहिले चिन्ताजनक रहेको अवस्थाबाट अहिले सम्पूर्ण सुविधा भएको ल्याब स्थापना भएको छ । विशेषज्ञ डाक्टर पनि राखियो । पहिले कोही नआउने नगर अस्पताललाई अहिले धेरैले विश्वास गर्न थालेका छन् । अहिले त्यहाँ उपचार गराउन आउने स्थानीयको संख्या उल्लेख्य रहेको छ ।
त्यस्तै, ज्येष्ठ नागरिक, अपांग, एकल महिला लगायतलाई स्वास्थ्य बिमाको सुविधा सुरु भएको छ । त्यसले धेरै नगरवासीलाई सहज भएको ‘फिडव्याक’ पाएपछि अहिले बजेटमार्फत सम्पूर्ण नगरवासीका लागि स्वास्थ्य बिमा सुरु गरिएको छ । नगर अस्पतालमा भिड बढ्दै गएपछि अस्पतालको अर्को भवनको पनि शिलान्यास भइसकेको छ । अबको १२ महिनामा अस्पताल भवन सम्पन्न गर्ने तयारी छ । त्यहाँ अर्को भवन पनि फिनिसिङ गर्ने चरणमा पुगेको छ ।
छुटको लागि नगरपालिकाले सिफारिश गर्नुपर्ने हुन्छ । जसका लागी बिरामीको गोकर्णेश्वर ठेगाना भएको नागरिकता प्रमाणपत्र वा गोकर्णेश्वरमा बसाइसराई गरेको प्रमाण वा यहाँको मतदाता परिचय पत्र आवश्यक पर्छ ।
नगरभित्र भएका अस्पतालहरुमा पनि छुटको व्यवस्था गरिएको छ । यहाँ नेपाल मेडिकल कलेज छ । तर नागरिकले छुट सुविधा पाएका थिएनन् । मैले नेपाल मेडिकल कलेजमा ६५ वर्षभन्दा वढी उमेरका नागरिकलाई १ लाख रुपैयाँसम्मको उपचार शुल्कमा ७० प्रतिशत छुट दिलाउने सम्झौता गरें । त्यहाँ उपचार लागतको ४० प्रतिशत अस्पतालले व्यहोर्छ । ३० प्रतिशत नगरपालिकाले दिन्छ । ३० प्रतिशत मात्र विरामिले बेहोरे पुग्छ । ६५ प्रतिशत भन्दा कम उमेरका नगरवासी भर्ना भएर उपचार गर्नुपरेमा ५० प्रतिशत छुटको व्यवस्था मिलाएको छ । त्यस्तै, नगरपालिका अस्पताल भित्रकै शंखरापुर अस्प्ताल र नेपाल अर्थोपेडिक अस्पतालमा पनि ५० प्रतिशत छुटको व्यवस्था मिलाएका छौं । यो छुटलाई अझ बढाउने योजनामा छु ।
त्यो छुटको लागि नगरपालिकाले सिफारिश गर्नुपर्ने हुन्छ । जसका लागी बिरामीको गोकर्णेश्वर ठेगाना भएको नागरिकता प्रमाणपत्र वा गोकर्णेश्वरमा बसाइसराई गरेको प्रमाण वा यहाँको मतदाता परिचय पत्र आवश्यक पर्छ ।
त्यस्तै, हेल्थ कार्डको पनि व्यवस्था गरेका छौं । नगरवासीको स्वास्थ्यसम्बन्धी सम्पूर्ण तथ्यांक राख्ने योजना स्वरुप हेल्थ कार्ड जारी गर्न सुरु गरिएको हो । त्यो भएपछि भविष्यमा कुनै पनि बिरामीले पुरानो पुर्जा र रिपोर्ट बोकेर हिँड्नु पर्दैन । तपाईंले देशभरको कुनै पनि स्थानमा गएर एउटा नम्वर दिँदासाथ चिकित्सकले तपाईको स्वास्थ्य इतिहास सबै थाहा पाउँछन् ।
त्यस्तै, क्यान्सर बिरामीका लागि ५० हजार रुपैयाँ दिने नियम छ । तर, यो भनेको धेरै नै कम हो । त्यसैले हामीले आम्दा अस्पतालसँग सम्झौता गरेर महिलालाई क्यान्सर प्रि स्क्रिनिङको व्यवस्था गर्यौं । त्यसमा १ सय ५७ जना महिलामा विभिन्न प्रकारका क्यान्सर पहिलो चरणमा रहेको फेला पर्यो । त्यसले उनीहरुलाई बचाउन सहज भयो । अहिले पनि कुनै पनि महिला समूहले नगरपालिकामा कुनै योजना लिएर आउँछन् भने उनीहरुले क्यान्सर स्क्रिनिङ अनिवार्य गरेको हुनुपर्ने शर्त राखेको छु ।
खेलकुदको विकासका लागि केकस्ता पहल भएका छन् ?
नगरको १ सुन्दरीजलमा ३० रोपनी जग्गामा कभर्ड हल निर्माण भइरहेको छ । मैदान वा कभर्ड हल नै नभइ खेलकुदको विकास गर्छु भन्नु नारा मात्र हो । अहिले कभर्ड हल धमाधम निर्माण भइरहेको छ । अवको ३ महिनामा कभर्ड हल तयार हुन्छ । मैले खेलकुदलाई डेढ करोड रुपैयाँ छुट्याउने गरेको छु । यो सकिएपछि धेरै प्रकारको खेल यहाँ सम्भव छ । विद्यालयहरुले पनि निश्चित समयका लागि कभर्ड हल प्रयोग गर्न सक्छन् । अहिले पनि यहाँका नागरिक खेल्नका लागि विदेश जान्छन् भने हामीले टिकटको लागी ५० हजार रुपैयाँ दिने गरेका छौं । विभिन्न प्रकारका प्रतियोगिता अहिले पनि भइरहेको छ ।
पूर्वाधार विकासका लागि नगरपालिका लागिरहेको छ । अर्को भनेको सुन्दरीजल । अहिले सुन्दरीजलमा पर्यटकहरु बढेका छन् । काठमाडौंको अन्य स्थानमा यत्तिको सुन्दर जंगल र झरनाहरु छैनन् । त्योसँगै हालै निर्माण सम्पन्न भएको स्थान धाप ड्याम हो । बागमती सुन्दरताका लागि पानीको स्रोतका लागि वनाइएको धाप ड्याम अहिले प्रमुख पर्यटकीय क्षेत्र भएको छ । त्यहाँ ३ हजार ५ सय मानिस पुगेको तथ्याँक छ ।
शिक्षा क्षेत्रको सुधारका लागि के भइरहेको छ ?
हामीले सबै माध्यमिक विद्यालयमा एउटा प्राविधिक विषयलाई अघि बढाउने योजना बनाएका छौं र काम पनि भइरहेको छ । अरुणोदय माध्यमिक विद्यालयबाट अहिले नै वर्षको ४० जना ओभरसियर उत्पादन भइरहेका छन् । त्यस्तै, चामुण्डा माविमा मास कम्युनिकेशन, सहयोगी माविमा आईटी विषयमा पढाइ हुन्छ । पशु स्वास्थ्य र कृषि दुई वटा विद्यालयमा पढाउने तयारी भइरहेको छ । त्यस्तै, नगरपालिकाले आफैं प्राविधिक शिक्षालय सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ ।
अब आउने कार्यक्रम भनेको रोजगारी वृद्धि हो । त्यसका लागि म गृहकार्य गरिरहेको छु । नगरपालिकाको नीति तथा कार्यक्रममा राखेरै अघि वढ्छु ।
उत्पादनशील जनशक्ति र उत्पादनका सम्भावनालाई कसरी सम्बोधन गर्दै हुनुहुन्छ ?
गोकर्णेश्वरको उत्तर भेगमा पर्ने पहाडी क्षेत्रमा बाख्रा पालनको धेरै राम्रो सम्भवना देखियो । त्यहाँ उत्पादित खसी बोकाका लागि बजारको पनि अभाव देखिएन । त्यहाँका हरेक जसो घरमा बाख्रा पालेको भेटियो । त्यसैले एक त्यस क्षेत्रमा १ करोड रुपैयाँको बाख्रा वितरण गरेका छौं । ५० लाख रुपैयाँ मात्र राखिएको थियो, त्यति धेरै रकम बाख्रामा छुट्याएको देखेपछि कृषि मन्त्रालयको पशु सेवा शाखाका पदाधिकारीहरु जानकारी लिन आए । उनीहरुले हाम्रो योजना र त्यस क्षेत्रको सम्भाव्यता देखेपछि ५० लाख रुपैयाँ थपिदिने भए । त्यसरी १ करोड रुपैयाँको बाख्रा बाँडिएको हो । नागरिकलाई उत्पादनशील काममा सहभागी गराउने योजना अनुसार यसो गरिएको हो ।
त्यस्तै, गोकर्णेश्वर नगरपालिका च्याउका लागि पकेट क्षेत्र पनि हो । यहाँको एकदेखि चार वडा सम्म धेरै च्याउ खेती हुन्छ । तर उनीहरु च्याउको बिउ लिन लखनउसम्म जानुपर्ने रहेछ । यहीँ च्याउको बिउ उत्पादनका लागि ५० लाख रुपैयाँ लाग्ने जानकारी भयो । त्यो थाहा पाएपछि २५ लाख नगरपालिकाले दिँदा उनीहरुले २५ लाख जुटाउने सहमति भयो । अहिले त्यहीँ च्याउको बिउ उत्पादन भएर उपत्यकाभर आपूर्ति हुन थालेको छ । सम्भावना देखिएको अन्य क्षेत्रमा पनि काम गर्ने योजना छ ।
पालिका नामकरणको अधार अर्थात् गोकर्णेश्वर महादेव मन्दिरका लागि के छ योजना ?
केही अघि भारतका मुख्य २० जना धनी मानिस पशुपति दर्शन गर्न आएको थाहा भयो । मैले उनीहरुलाई गोकर्णेश्वर महादेव दर्शनका लागि ल्याएँ । आन्तरिकसँगै बाह्य पर्यटकको पनि गन्तव्य बनाउन लागि परेका छौं । गोकर्णेश्वर महादेव मन्दिरको जीर्णोद्धार म नै प्रबन्ध समितिको अध्यक्ष भएर सम्पन्न गरेको हुँ । मठ मन्दिरको जीणोद्धार गरेर धार्मिक पर्यटनका लागि अघि बढ्ने योजनाका साथ काम भइरहेको छ ।
साहित्य क्षेत्रको विकासमा पनि बजेट दिनु हुन्छ हैन ?
हो । सहित्य क्षेत्रलाई अघि वढाउन पनि नगरपालिका लागि परेको छ । साहित्य क्षेत्रका लागि वार्षिक बजेट नै विनियोजन गर्ने गरेका छौं । यो क्षेत्र स्व. भैरव अर्याल, वरिष्ठ साहित्यकार स्व. रमेश विकलजस्ता राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा नाम कमाएका साहित्यकारको क्षेत्र भएकोले पनि साहित्यमा अघि बढेका हौं । यसका साथै यहाँका नागरिकले कुनै पुस्तक लेखेर प्रकाशन गरेको छ भने एक सय थान पुस्तक महानगरपालिकाले खरिद गरेर पुस्तकालयहरुलाई बाँडिदिने गरेको छ ।
देशकै प्रमुख मध्ये एक पर्यटकिय गन्तव्य हुन सक्ने सुन्दरीजलको प्रवद्र्धनका लागि नगरपालिका चुकेको हो ?
हो, यो काठमाडौं उपत्यकालाई नै पानी खुवाउने मुख्य दुई स्रोत रहेको स्थान सुन्दरीजल हो । हामीले पर्यटनका लागि मुख्य प्राथमिकता दिएको तारेभिर र सुन्दरीजललाई हो । तारेभिर सबैभन्दा उच्च स्थानको हो । उडिरहेको विमानको ढाड देखिने ठाउँ हो । त्यहाँ आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । होटेल, रिसोर्ट, रेष्टुरेण्टहरु धमाधम खुलिरहेका छन् ।
पूर्वाधार विकासका लागि नगरपालिका लागिरहेको छ । अर्को भनेको सुन्दरीजल । अहिले सुन्दरीजलमा पर्यटकहरु बढेका छन् । काठमाडौंको अन्य स्थानमा यत्तिको सुन्दर जंगल र झरनाहरु छैनन् । त्योसँगै हालै निर्माण सम्पन्न भएको स्थान धाप ड्याम हो । बागमती सुन्दरताका लागि पानीको स्रोतका लागि वनाइएको धाप ड्याम अहिले प्रमुख पर्यटकीय क्षेत्र भएको छ । त्यहाँ ३ हजार ५ सय मानिस पुगेको तथ्याँक छ । तर यहाँ समस्या छ । राष्ट्रिय निकुञ्जले शुल्क लिने भएपछि मानिसहरु त्यहाँ आउनुपर्ने भन्दा कम आएका छन् । अव त्यो शुल्क लिने पोष्ट माथि सार्ने योजना छ । त्यो ६ सय ५० भन्दा वढी घर भएको गाउँ जाने वाटो पनि हो । त्यहाँ जाँदा लाग्ने शुल्क हट्ने वित्तिकै काठमाडौंकै सबैभन्दा व्यस्त गन्तव्य त्यो हुन्छ भन्ने हामिलाई थाहा छ । त्यसै अनुसार सडक निर्माण लगायतका पुर्वाधारका काम त गरिहाल्छौं ।
अन्तिममा, सुशासनको बारेमा ?
सबैभन्दा ठुलो कुरो सुशासननै हो । स्रोत, योजना सबै कुरा हुँदा पनि सुशासन भएन भने त्यो परियोजना सफल हुँदैन । सुशासनका लागि नगरपालिका प्रतिवद्ध छ ।
प्रतिक्रिया दिनुहोस