१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

पुलिस र कविताको सम्झना



‘ग्राम निर्माण बन्धु मण्डल क्लब’ को आयोजनामा भएको वृहत् कवि सम्मेलन २०४१! हास्य कलाकार गोपालराज मैनाली प्रहसन प्रस्तुत गर्दै ! पृष्‍ठभूमिमा युगकवि सिद्धिचरण र भूपि शेरचन !
  • आफ्नै खबर
  • ६ चैत २०८० मंगलबार (९ महिना अघि)
  • पाठक संख्या १५०
  • प्रतीक घिमिरे
    प्रतीक घिमिरे

    २०४१ सालको चैतमा रमेश विकलको गाउँ आरुबारीस्थितग्राम निर्माण बन्धु मण्डल क्लबको आयोजनामा वृहत् कवि सम्मेलन भएको थियो उक्त सम्मेलनमा प्रमुख अतिथि भूपी शेरचन सिद्धिचरण श्रेष्ठ सभापति हुनुहुन्थ्यो माथि उल्लेखित कविता कवि विमल निभाले त्यतिबेला सुनाउनु भएको मलाई अहिले पनि याद त्यतिबेला केटाकेटी उमेरकै थिएँ कविता बुझ्ने सामर्थ्य ममा आइसकेको थिएन

    हामी बुवाको पछि लागेर उक्त कवि
    सम्मेलनमा गएका थियौं कवि सम्मेलनमा कविहरूले कविता पाठ गरेको मैले पहिलो पटक त्यतिबेलै देखेको हुँ अरूले के कस्ता कविता सुनाए; मलाई अहिले केही सम्झना छैन कविहरू पनि को को थिए खासै याद छैन तर विमल निभाले सुनाउनुभएको यो कविताका धेरैजसो अंश भने मलाई अहिलेपनि सम्झना  त्यो कवितालाई त्यतिबेला धेरैले ताली पड्काएर स्वागत गरेको सम्झन्छु

    त्यतिबेलाको मेरो बाल मष्तिस्कमा यो कविताको छाप यसरी बस्यो कि मलाई त्यो दिन विमल दाइले कविता पाठ गर्नुभएको प्रष्टै सम्झना साँच्चै ! पुलिसले कवितालाई त्यसरी किन राम्रो भन्यो होला ? कवितामा त्यस्तो के लेखिएको थियो होला जुन कुरा पुलिसलाई पनि राम्रो लाग्यो ? यो जिज्ञासाले मलाई पछिसम्म कुतकुत्याइरहन्थ्यो

    पञ्चायतकालका प्रहरी अलिक बढी नै ज्यादती गर्ने स्वभावका हुन्थे कोमल मानवीय संवेदना बुझ्नै खोज्दैनथे त्यतिबेलाको व्यवस्था नै त्यस्तै थियो पछि आएर बल्ल थाहा भयो; यो त्यतिबेलाको प्रहरीले गर्ने ज्यादती विरूद्ध लेखिएको व्यङ्गय कविता पो रहेछत्यसैको आलोचना स्वरूप यो कविता विमल दाइले लेख्नुभएको रहेछ

    यस सम्बन्धमा वहाँको भनाइ यस्तो ;  'मैले यो कविता पञ्चायत कालका प्रहरीको रवैयालाई व्यङ्ग्य गरेर लेखेको थिएँ त्यतिबेला प्रहरी देशको होइन, सत्ताको मात्र हुन्थ्यो उनीहरूको व्यवहार व्यक्तिगत चेतनासमेत निकै असभ्य थियो ती कोही पनि सृजनशील व्यक्ति सृजनालाई महत्त्व दिँदैनथे स्वयं त्यो व्यवहारको शिकार हुनुपरेपछि उक्त कविता लेखेको हुँ '

    अहिले प्रहरी सेवामा पनि मानव हृदय बुझ्न सक्ने सामर्थ्य भएका सिर्जनशील प्रतिभाहरू थुप्रै छन्  तर पनि कहिलेकाहीँ कतै प्रहरीले गरेको अमानवीय व्यवहार पढ्नुपर्दा, सुन्नुपर्दा भने त्यही कविताको याद आउँछ त्यसको केही अंश दोहोर्याउन मन लाग्छ;

    पुलिसले कविता पढ्यो
    भन्यो-
    राम्रो
    पुलिसले कवितालाई राम्रो भन्यो
    के लेखिएको थियो कवितामा ?
    पुलिसलाई थाहा !

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?