१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

बोयर बोका र खरी बाख्राको माग उच्च



  • आफ्नै खबर
  • १३ भदौ २०८१ बिहिबार (३ महिना अघि)
  • पाठक संख्या ९७
  • तनहुँ/  बन्दीपुर गाउँपालिकामा रहेको राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रले लक्ष्यभन्दा बढी खरी जातको बाख्रा उत्पादन गरेको छ । केन्द्रले एक वर्षको अवधिमा ३४ खरी बाख्रा उत्पादनको लक्ष्य राखेकामा ७० बाख्रा उत्पादन गरेको हो । 

    आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यभन्दा ३६ बढी बाख्रा उत्पादन भएको केन्द्रका प्रमुख राजु कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार केन्द्रबाट खरी, सिन्हाल, बारबरी, जमुनापारी क्रस, शुद्ध बोर, बोर क्रस, शुद्ध सानन र सानन क्रस बाख्राका पाठापाठी उत्पादन गरिएको छ । 

    सोही वर्ष बारबारीका ६ पाठापाठी उत्पादन लक्ष्य राखिएकामा छ, सिन्हालका ४ पाठापाठी उत्पादन लक्ष्य राखिएकामा १२, शुद्ध बोरका ८० पाठापाठी उत्पादन लक्ष्य राखिएकामा ५९, शुद्ध बोरका ८० पाठापाठी लक्ष्य उत्पादन राखिएकामा ५९, बोर क्रसका १ सय ७३ पाठापाठी उत्पादन लक्ष्य राखिएकामा १ सय ५९, शुद्ध साननका १५ पाठापाठी उत्पादन लक्ष्य राखिएकामा २५, सानन क्रसका ३३ पाठापाठी उत्पादन लक्ष्य राखिएकामा ६६ पाठापाठी उत्पादन भएको छ । 

    साननको दूध २ हजार लिटर उत्पादन लक्ष्य राखिएकामा ५ हजार ७ सय ९१ लिटर, सानन चिज २ सय किलो उत्पादन लक्ष्य राखिएकामा ६ सय १२ किलो उत्पादन भएको केन्द्रका प्रमुख कँडेलले जानकारी दिनुभयो । अनुसन्धान केन्द्रमा बोयर जातको बोकाको माग उच्च रहेको छ । उहाँले भन्नुभयो, ‘स्थानीय जातको भन्दा बोयर जातको बोकाको माग बढी छ, जमुनापानी, खरी जातको बाख्राको माग पनि उत्तिकै छ ।’

    केन्द्रले उक्त वर्ष १ सय ४२ बाख्रा वितरण गरेको छ । नेपालका अधिकांश जिल्लामा यहाँबाट उत्पादन हुने बाख्रा वितरण हुने गरेको कँडेलको भनाइ छ । १ सय प्रतिशत बोयर बाख्रा ४५ वटा वितरण गरिएको छ । उक्त बाख्रा म्याग्दी, सोलुखुम्बु, पाल्पा, गोरखा, कैलाली, कास्की, काठमाडौँ, दाङ, रामेछाप, चितवन, तनहुँ, दोलखा, उदयपुर, लमजुङ, स्याङ्जा, रुकुमपश्चिम, धादिङमा वितरण भएको केन्द्रका प्रमुख कँडेलको भनाइ छ ।

    बोयर ९६.८७ प्रतिशत २, बोयर ९३.७५ प्रतिशत ५, बोयर ८७.७५ प्रतिशत १२, बोयर ७५ प्रतिशत १६, बोयर ५० प्रतिशत ९, सानन १ सय प्रतिशत ११, सानन ९३.७५ प्रतिशत ४, सानन ८७.५ प्रतिशत ३, सानन ७५ प्रतिशत ४, सानन ५० प्रतिशत २, बारबारी २, खरी २६ वटा बाख्रा वितरण गरिएको छ ।

    बाख्राको अनुसन्धानका लागि केन्द्रले विभिन्न ठाउँमा स्रोतकेन्द्र स्थापना गरेको छ । केन्द्रका अनुसार जिल्लाको भानु नगरपालिकाको बरभज्याङ, आँबुखैरेनी गाउँपालिकाको बरादीमा, घिरिङमा, गोरखाको बक्राङ, स्याङ्जाको पेखुथाना र धादिङको नीलकण्ठमा बाह्य अनुसन्धान केन्द्र स्थापना भएका छन् । 

    त्यसमध्ये बरभञ्ज्याङमा १ सय ५५, बक्राङ गोरखामा १३, बरादी तनहुँमा १ सय ९३, पेखुथाना स्याङ्जामा २ सय ३२, घिरिङ तनहुँमा ७७, नीलकण्ठ धादिङमा ६३ र निजगढ बारामा ४३ बोयर क्रसका पाठापाठी उत्पादन भएको छ ।

    केन्द्रमा बाख्रालाई चरिचरनको घाँसमा बाह्य जनावरबाट क्षति हुने गर्दा समस्या हुने गरेको छ । त्यस्तै हिउँद तथा सुक्खा मौसममा बाख्रालाई घाँसको कमी हुँदै आएको छ । त्यसका लागि सरपानी तथा आलेगाउँमा जमिन सम्याइ घाँस लगाइएको छ । 

    कुल २४ जनाको दरबन्दी रहेकामा दरबन्दीअनुसार ५ जना कार्यरत छन् । त्यस्तै ३ जना काजमा आएका छन् भने १ जना काजमा गएका छन् । प्राविधिक कर्मचारीको कमी, प्राविधिक कर्मचारीलाई प्रोत्साहन तथा तालिमको कमीका कारण सोचेअनुसारको काम हुन नसकेको प्रमुख कँडेल बताउनुहुन्छ । 

    कुल ८० हेक्टर क्षेत्रफलमा फैलिएको केन्द्रमा बाख्राका लागि आवश्यक पर्ने डालेघाँस, भुइँघाँसको खेती गरिएको छ । बाख्रालाई विशेष गरेर नेपियर, मोलाटो, सेटारिया, सिग्नल घाँस, किम्बु, खनायोलगायत घाँस खुवाउने गरिएको छ । 

    देशका विभिन्न जिल्लाबाट कृषकहरु केन्द्र भ्रमणका लागि आउने गरेका छन् । कृषि, पशुपालन, वनविज्ञानका विद्यार्थी अध्ययन तथा अवलोकन भ्रमण लागि आउने गरेको केन्द्रमा मन्त्री, सांसदलगायत विभिन्न पार्टीका नेताहरूले अवलोकन गर्ने गरेका छन् ।

    -रासस
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?