काठमाडौं / कथा वाचन कार्यक्रमको चौधौं श्रृखला हालै सम्पन्न भएको छ । मासिक कथावाचन कार्यक्रमका परिकल्पनाकार कथाकार/नियात्रकार चन्द्रप्रसाद भट्टराईले अतिथिहरूको स्वागत गर्दै कार्यक्रमका उद्देश्यमाथि प्रकाश पार्दै बिभिन्न पुस्ताका कथाकारहरूबीच व्यक्तिगत परिचय र फरक फरक कालखण्डका कथाहरूको विषयवस्तु, शैली, प्रयोगबारे जानकारी गराउन यो कार्यक्रम शुरू गरिएको प्रष्ट पार्नु भयो ।
हरेक महिना कुनै दिवंगत स्रष्टाको सम्मानस्वरुप एउटा कथा वाचन गरेर कार्यक्रम सुरु गर्ने गरिएको छ ।
दिवंगत स्रष्टा भवानी भिक्षुको कथा 'त्यो फेरि फर्किएला ?' वाचन गरेर कार्यक्रम आरम्भ गरिएको थियो ।
हरेक महिना कुनै दिवंगत स्रष्टाको सम्मानस्वरुप एउटा कथा वाचन गरेर कार्यक्रम सुरु गर्ने गरिएको छ । उक्तकथा ऐतिहासिक साहित्यिक पत्रिका शारदाको वि.सं. १९९७ को अंकबाट कथाकार पवित्रा अधिकारीले वाचन वाचन गर्नुभएपछि अन्य छ जना प्रतिष्ठित कथाकारहरूले २०२०, २०३०, २०४०, २०५०, २०६० र २०७० का दशकमा प्रकाशित आआफ्ना कथा वाचन गर्नु भएको थियो ।
यस कार्यक्रममा कथाकार डा. देवीप्रसाद सुवेदीले 'राक्षसको छायामुनि डुब्दै उज्यालो' शीर्षक (२०२५ को उषा पत्रिकामा प्रकाशित) कथा वाचन गर्नु भएको थियो ।
स्रष्टा अमरकुमार प्रधानले 'सुनौलो सगरमाथा' (२०३५ जेठको हलचल पत्रिकामा प्रकाशित) कथा वाचन गर्नु भएको थियो ।
कथाकार बाबा न्यौपानेले 'कुरुक्षेत्रका युधिष्ठिर र हस्तिनापुरकी राज्यलक्ष्मी' (२०४८ को मधुपर्कमा प्रकाशित) कथा वाचन गर्नु भएको थियो ।
अन्य छ जना प्रतिष्ठित कथाकारहरूले २०२०, २०३०, २०४०, २०५०, २०६० र २०७० का दशकमा प्रकाशित आआफ्ना कथा वाचन गर्नु भएको थियो ।
अर्का कथाकार अमोद भट्टराईले 'मैले कुखुरा बासेको सुने' शीर्षक (२०५४ बैशाखमा समकालीन साहित्यमा प्रकाशित) कथा वाचन गर्नुभएको थियो ।
'परिस्थितिसँग अल्मलिदा' शीर्षकको कथा स्रष्टा रन्जुश्री पराजुलीले सोही शीर्षकको आफ्नो कथासंग्रहबाट वाचन गर्नुभएको थियो ।
अर्का कथाकार दीपक लोहनीले २०७६ मंसिरको शाल्मलिमा प्रकाशित 'पिसाव' शीर्षकको आफ्नो कथा वाचन गर्नुभएको थियो ।
कार्यक्रममा साहित्यका पाठकहरूको संस्था 'बूकहोलिक्स' की सगुना शाहले आफ्नो संक्षिप्त मन्तव्यमा यो मासिक कार्यक्रम आज पहिलो पटक श्रोताका रुपमा सहभागी हुन पाएकोमा खुसी व्यक्त गर्दै यसले पठन संस्कृतिको विकासमा महत्वपूर्ण योगदान गरेको बताउनु भयो ।
अन्त्यमा यस अभियानका अर्का परिकल्पनाकार पुष्कर लोहनीले आफुहरूले शुरु गरेको यो कार्यक्रममा कथासाहित्यमा रुचि हुने लेखक र पाठकहरूको सहभागिता बढ्दै गएकोमा खुसी व्यक्त गर्नु भयो ।
समिना खनाल पृथले कार्यक्रम संचालन गर्नु भएको यो मासिक कार्यक्रम शुरूदेखि नै साहित्यकार पुष्कर लोहनीको निवास डिल्लिबजार काठमाडौंमा हुने गरेको छ । आफ्ना पूर्वप्रकाशित कथा वाचन गर्न इच्छुक सबैलाई नाम दर्ता गर्न आह्वान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस